बीबीसी नेपाली पडकास्ट

बीबीसी नेपाली पडकास्ट

समसामयिक विषयमा अन्तर्वार्ता, बहस र बीबीसी नेपाली सेवाले तयार पारेका अन्य विविध अडिओ सामग्रीहरू पडकास्टका रूपमा सुन्नुहोस्

00:00
00:00

Episode's summary

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिले थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसलाको पूर्णपाठ आएको छ। यसै सन्दर्भमा हामीले सर्वोच्च अदालतका एक पूर्वन्यायाधीश बलराम केसीलाई पछिल्लो फैसला सुशासनको दृष्टिकोणले अथवा नागरिकको अधिकार उपभोगको हिसाबले उपयुक्त हो भनेर सोधेका छौँ।

Episodes

38-

अन्तर्वार्ताः थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसला उपयुक्त हो?

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका व्यक्तिले थुनामा नबसीकन सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने फैसलाको पूर्णपाठ आएको छ। यसै सन्दर्भमा हामीले सर्वोच्च अदालतका एक पूर्वन्यायाधीश बलराम केसीलाई पछिल्लो फैसला सुशासनको दृष्टिकोणले अथवा नागरिकको अधिकार उपभोगको हिसाबले उपयुक्त हो भनेर सोधेका छौँ।

30 Jan 2025
36-

अन्तर्वार्ताः सर्पको टोकाइबाट कसरी जोगिने

नेपालमा सर्पको टोकाइबाट बर्सेनि सयौँ व्यक्तिको ज्यान जाने गरेको तथ्याङ्कले देखाउँछ। गर्मी र वर्षायामसँगै सर्पदंशका घटना बढ्ने गरेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार नेपालमा कम्तीमा ९० प्रजातिका सर्प पाइने गरेकामा तीमध्ये २० प्रतिशत विषालु मानिन्छ। यसै सन्दर्भमा हामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित सर्पदंशविज्ञ डा. संजीव शर्मासँग गनी अन्सारीले गरेको कुराकानी।

19 Jul 2023
32-

अन्तर्वार्ताः समलिङ्गी विवाहबारे सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले विवाह दर्ताका लागि दिएको अन्तरिम आदेश किन महत्त्वपूर्ण छ भन्ने विषयमा पारलैङ्गिक महिला तथा अधिकारीकर्मी भूमिका श्रेष्ठसँग विनिता दाहालले गरेको कुराकानी

30 Jun 2023
31-

अन्तर्वार्ताः रुसी सेनामा नेपाली, के भन्छ सरकार?

रुसी सेनामा भइरहेको भनिएको नेपालीहरूको भर्तीका बारे रमा पराजुलीले परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको अन्तर्वार्ता।

29 Jun 2023
30-

अन्तर्वार्ताः ललिता निवास जग्गा प्रकरण

ललिता निवास प्रकरणमा सरकारले गठन गरेको तत्कालीन छानबिन समितिका संयोजक एवं पूर्वसचिव शारदाप्रसाद त्रिताललाई सञ्जय ढकालले पछिल्लो घटनाक्रमलाई कसरी लिनुभएको छ भनेर सोधेका थिए

29 Jun 2023